सर्वोच्चले माग्यो वित्त आयोगका दुई सदस्यको योग्यताका आधार

२०८० फाल्गुन १८, शुक्रबार

काठमाडौँ : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका दुई सदस्यको शैक्षिक योग्यता विवादमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिल मुसलमानको एकल इजलासले संवैधानिक परिषद् र सम्बन्धित सदस्यका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
वित्त आयोगका सदस्यद्वय जुद्धबहादुर गुरुङ र विपिनराज निरौलाको योग्यतामाथि प्रश्न उठाउँदै बिहीबार केही अधिवक्ताहरूले रिट दायर गरेका थिए। उनीहरूलाई नियुक्त गर्दाका आधार र कारण खुलाउन सर्वोच्चले आदेश जारी गरेको हो।

अन्तरिम आदेशका विषयमा भने दुवै पक्षको छलफल सुनेपछि मात्र विचार गर्ने इजलासले भनेको छ। आयोगका पदाधिकारी संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्छन्।

आयोगको वेबसाइटमा अपलोड गरिएको सदस्यद्वय जुद्धबहादुर गुरुङ र विपिनराज निरौलाको वैयक्तिक विवरणमा उल्लिखित शैक्षिक योग्यताका सूचनाहरू शंकास्पद देखिएको र सूचना माग गर्दा सूचनासमेत नदिएको रिटमा उल्लेख गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार