प्रसव पीडाले छटपटाइरहेकी तामाङको हेलिकप्टरबाट उद्धार

२०८० फाल्गुन १८, शुक्रबार

रामेछाप : सुत्केरी हुन नसकेर छटपटाइरहेकी रामेछापको दोरम्बा शैलुङ गाउँपालिका –२ दोरम्बाकी ४१ वर्षीया सपना तामाङलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

सुत्केरी हुन नसकेर पीडामा परेकी तामाङलाई रामेछाप प्रदेश (ख) का सांसद युवराज चौलागाईँको विशेष पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि शुक्रवार काठमाडौँको प्रसूति गृहमा पठाइएको हो । समयमै सुत्केरी हुन नसकेर मरणासन्न अवस्थामा पुगेकी तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धारगरी थप उपचारका लागि काठमाडौँको प्रसूति गृह पठाइएको सांसद चौलागाईले बताए । प्रसव पीडाले छटपटाइरहेकी तामाङको उद्धारका लागि आफूले बागमती प्रदेश सरकारको तर्फबाट निःशुल्क हेलिकप्टरको व्यवस्था गरिदिन बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेललाई आग्रह गरेपछि महिलाको उद्धार भएको उनले बताए ।

उनले आफ्नो आग्रहलाई स्वीकार गरी निःशुल्क हेलिकप्टरको व्यवस्था गरेकोमा वागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल र प्रदेशको स्वास्थ्य मन्त्रालयलाई धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार