प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाई नियुक्त

२०८० फाल्गुन १८, शुक्रबार

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी ४ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा परिचित छन् । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स र साविक प्रभु लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको अनुभव छ ।

प्रसाई साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बीच मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार