प्रहरी हुँ भन्दै धम्क्याउनेलाई अभद्र व्यवहार मुद्दा

२०८० फाल्गुन १८, शुक्रबार

लेखनाथ : बिहीबार राति साढे २ बजेतिर मादक पदार्थ सेवन गरी प्रहरी हुँ भन्दै धम्क्याउने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सम्झाउँदा उल्टै प्रहरीलाई नै गालीगलौज गरेकाले उनीहरुविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले पोखराको शान्तिनगर चोक बस्ने ३२ वर्षका नारायण गिरी र सप्तरीको डाक्लेश्वरी नगरपालिका वडा नम्बर ७ घर भई हाल पोखरा-११, फूलवारी बस्ने वर्ष २१ का विवेक ठाकुरलाई नियन्त्रणमा लिर्ई जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भईरहेको जानकारी दिए ।

गिरी र ठाकुरले पोखरा-६, लेकसाइडमा मदिराले मात्तिई हामी प्रहरीका ठूलै मान्छौँ हौ भन्दै वाकीटकीसमेत देखाउँदा धम्की दिँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार