शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

२०८० फाल्गुन १९, शनिबार

फुङ्लिङ : ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी बनाउन टेलिभिजन जडान गरिएको छ । बालविकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले टेलिभिजन जडान गरिएको हो ।

केन्द्रमा अध्ययनरत बालबालिकालाई लक्षित गरी टेलिभिजनका माध्यमबाट सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले छ विद्यालयमा टेलिभिजना जडान गरिएको गाउँपालिकाले जनाएको छ । मैवाखोला–१ वडा कार्यालयको योजनाअन्तर्गत बालविकास केन्द्र सञ्चालित वडाभित्रका छ विद्यालयमा ३२ इन्चको एक÷एकवटा टेलिभिजन जडान गरिएको वडाध्यक्ष चन्द्र तामाङले बताउनुभयो ।

बालविकास कक्षा सञ्चालनमा रहेका जनकल्याण माविका सातै सरस्वती, पाटी, मदनभण्डारी, सिंह र साक्फारा आधारभूत विद्यालयमा टेलिभिजन जडान गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

टेलिभिजनका माध्यमबाट बालबालिकाको कक्षामा प्रस्तुति वा प्रदर्शन हुने सिकाइसम्बन्धी श्रव्यदृश्य सामग्री राखिएको ‘पेन्ड्राइभ’ समेत उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ । यसले बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउनाका साथै बालबालिकालाई विद्यालय जान प्रेरित गर्न सहयोग पुग्ने शिक्षा शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार