नेपाललाई सातौं सफलता, प्रतिश जिसीले लिए ३ विकेट

२०८० फाल्गुन १९, शनिबार

काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले सातौं सफलता हात पारेको छ ।

१४औं ओभरको तेस्रो बलमा विकेट लिंदै बायाँहाते तीव्र गतिकका बलर प्रतिश जिसीले नेपाललाई सातौं सफलता दिलाएका हुन् ।

जिसीले तेजा निडामानिरुलाई आउट गरे । यो उनको व्यक्तिगत तेस्रो विकेट हो । यसअघि उनले ८औं पहिलो बलमा कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका थिए ।
२ विकेट लिएका कुशल मल्लले नोहाक क्रस र आर्यन दत्तलाई आउट गराए ।

करणकेसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिंदै नेपाललाई सुखद सुरुआत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार