राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन : शशांक कोइराला

२०८० फाल्गुन १९, शनिबार

ललितपुर : नेपाली कंग्रेसका नेता डा. शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन्।

शनिबार नेपाल शिक्षक संघ, जिल्ला समिति ललितपुरको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको छ। कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति हो। राजनीतिको उत्ताचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्न सक्छ’ उनले भने।

नेता कोइरालाले आफूले उत्पादन गरेका डाक्टरहरु अहिले पैसा पाएपछि मात्रै अप्रेसन गर्ने गरेको र विवेक नभएका डाक्टर आफूले उत्पादन गरेको भन्दै पश्चताप गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार