चार प्रदेशमा सामान्य बर्षा, सोमबार देखि मौसममा सुधार

२०८० फाल्गुन १९, शनिबार

काठमाडौं : देशका चार प्रदेशमा अहिले हल्का वर्षा भइरहेको छ । मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य वर्षा भइरहेको छ ।

पश्चिमी  वायुको प्रभाव क्रमशः पूर्वतर्फ सर्दैगएकाले राति बागमती र कोशी प्रदेशमा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताए । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशको मौसम पूर्णतया बदली रहे पनि आज पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् अर्यालको भनाइ छ ।

उनका अनुसार भोलि पनि देशका सबै भूभागको मौसम आंशिकदेखि पूर्णतया बदली रही केही भूभागमा सामान्य वर्षाको सम्भावना रहेको छ । पर्सी सोमबारदेखि भने मौसममा सुधार हुँदैजाने मौसमविद् अर्यालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार