फ्रेन्च लिगमा साम्बाको डेब्यु गोल, रचिन् इतिहास

२०८० फाल्गुन १९, शनिबार

काठमाडौं : नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा डेब्यु गोल गरेकी छन् ।

इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिवार लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास रचिन् । युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्राले चौथो खेलमा गोल गरेकी हुन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सावित्राले इन्जुरी टाइममा गोल गर्दै टिमलाई २-० को जित दिलाइन् ।  गुइगाम्पका लागि पहिलो गोल एन्टोनिए स्टारोभाले ५२औं मिनेटमा गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
8
+1
6
+1
0

ताजा समाचार