सुनको मूल्यमा भारी वृद्धि

२०८० फाल्गुन २०, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले बढेर १ लाख २१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १४ सय १० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार