राष्ट्रिय सभाको एमाले प्रमुख सचेतकमा न्यौपाने

२०८० फाल्गुन २०, आईतवार

काठमाडौँ : नेकपा एमालेले राष्ट्रिय सभामा संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रिय सभाको प्रमुख सचेतकमा आइतबार मनोनयन गरेका हुन् ।

एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम सोमबार फागुन २१ गतेदेखि लागू हुने गरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन न्यौपानेले बताइन् ।

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आइतबारबाट समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो । एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार