युवराज सफल र पुण्य गौतम पक्राउ

२०८० फाल्गुन २०, आईतवार

काठमाडौं : पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । दुबै जना काठमाडौंको टिचिङ अस्पतालबाट पक्राउ परेका हुन् ।

चितवनको शिशु निकेतनमा अध्ययनरत छात्रा सालिन पोखरेलको मृत्यु प्रकरणमा अस्पतालको पोस्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

शालिनको पक्षमा उत्रिएका मानिसहरूलाई लिएर उनीहरू अस्पताल क्षेत्रमा नाराबाजीमा उत्रिएका थिए । उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार