खोलामा भेटियो युवाको शव

२०८० फाल्गुन २०, आईतवार

दाङ : रोल्पामा एक युवाको शव फेला परेको छ। रोल्पा नगरपालिका वडा नम्बर १० धवाङका २९ बर्षीय मनिष पुन मगर वडा नम्बर ४ स्थित धाङसी खोलामा मृत फेला परेका हुन्।

लिवाङ– धवाङ सडकखण्ड अन्तर्गत रिपाभिरबाट लड्दा मनिष धाङ्सी खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीराम भण्डारीले बताए। उनी भिरबाट लडेपछि खोलामा पुगेको र ढुंगामा अड्किएको अवस्थामा फेला परेको उनले बताए।

प्रहरी निरीक्षक भण्डारीका अनुसार मृतक युवा शनिबार काठमाडौंबाट रोल्पास्थित घरतर्फ आउँदै गरेका थिए। टर्च लाइट बालेर एक्लै हिडिँरहेका उनी बेलुकी ९ बजेतिर भिरबाट लडेको हुन सक्ने प्रहरीको अनुमान छ। खोलामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार