
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) नयाँ गठबन्धनमा सामेल हुने कि नहुने अन्योलमा देखिएको छ।
नेकपा माओवादी, नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट आज सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ। तर एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजानेबारे केही निर्णय गरिसकेको छैन।