
काठमाडौँ : सामाजिक सञ्जाल ‘फेसबुक’ मा पेज बनाएर महङ्गो ग्याजेट बेच्ने नाममा ठगेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जाम जाम इलेक्ट्रोनिक्स नामको पेज बनाएर आरोपीहरुले ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
फेसबुक पेजको दुरुपयोग गरेर ठगेको आरोपमा पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका–४ घर भएका २१ वर्षीय आदित्यकुमार सिंह, २० वर्षीय सिद्धार्थकुमार सिंह, बाराको कलैया घर भएका २२ वर्षीय रामसेवक राम र वीरगञ्ज घर भएका २४ वर्षीय आकाश शाह सोनार छन् ।
प्रहरीलाई आरोपीहरुले अहिलेसम्म ४९ लाख ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।