
विराटनगर : प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग,धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मोरङको धनपालथान गाउँपालिका ३ स्थित सशस्त्र प्रहरी बलको गुल्मका प्रमुख डीएसपी उपेन्द्र बस्याल कार्यालयको भान्सामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
डीएसपी बस्यालको घर पाल्पा हो। तर उनका परिवार काठमाडौं बस्दै आएको बताइएको छ।