अलिशाका मामा नोमानले शिक्षक इफ्तिखार विरुद्ध उजुरी दिएका छन्। यसमा भनिएको छ, ‘मेरी भान्जी अलिशा उनको आईटी प्रमाणपत्र लिन स्कूल गइन्। यहाँ उनले कक्षामा गएर शिक्षक इफ्तिखारसँग यसबारे सोधिन् । केही समयपछि अर्का शिक्षक अरशद यहाँ आइपुगे। उनले अलिशासँग पनि दुर्व्यवहार गरेका थिए।’ यसपछि अलिशाले घर गएर मामालाई यसबारे जानकारी गराइन् । केही समयपछि उनी मामासँग विद्यालय पुगिन्। दुवैले इफ्तिखारलाई सोधपुछ गर्दा उनी रिसाए । फर्कने क्रममा उनले अलिशा र उनका दुई मामामाथि एसिड प्रहार गरेका थिए। जसका कारण उनी जलेका हुन।
गत महिना २२ जनवरीमा पनि २२ वर्षीया विद्यालय शिक्षिकामाथि एसिड प्रहार गरिएको थियो। यो घटना लाहोरको हो। उनीसँगै काम गर्ने एक शिक्षकले महिला शिक्षिकालाई विवाहको प्रस्ताव गरेका थिए तर महिला शिक्षिकाले त्यसलाई अस्वीकार गरिन्। यसबाट आक्रोशित भएर उनले उक्त घटना गराएका थिए। उक्त घटनामा महिला शिक्षिका गम्भीर घाइते भएकी छन् भने उनी अहिले पनि लाहोरको एक निजी अस्पतालमा भर्ना छन्। अभियुक्त पक्राउ परेका छन्।