गण्डकीमा मुख्यमन्त्रीले माओवादीका दुई मन्त्रीलाई गरे बर्खास्त

२०८० फाल्गुन २२, मंगलवार

पोखरा : केन्द्रमा सत्ता गठबन्धन फेरबदलको परकम्प प्रदेश सरकारमा पनि देखिन थालेको छ ।

सत्ता गठबन्धन फेरबदल भएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री पाण्डे कांग्रेसका हुन् ।

उनले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार