एमालेसँगको सम्बन्ध बिगार्नुपर्ने कुनै कारण छैन : झलनाथ खनाल

२०८० फाल्गुन २२, मंगलवार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ बनेको गठबन्धनलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्। मंगलबार दिउँसो कुराकानीका क्रममा नेता खनालले अहिले आफूहरू ‘पर्ख र हेर’ को नीतिमा रहेको बताए। ‘अहिले भएको परिवर्तनलाई सकारात्मक रुपमा लिएका छौँ,’ उनले भने, ‘गठबन्धनका दलहरूबीच राम्रो छलफल भएको खण्डमा हामीलाई सरकारमा सहभागी हुन कुनै समस्या छैन।’

नयाँ गठबन्धनको नीति तथा कार्यक्रम र आगामी योजना हेरेपछि मात्रै थप निर्णय लिइने पनि उनले बताए। ‘यसअघिको गठबन्धनमा त हामी सामेल थियौँ, अब यसमा त सहभागी हुन कुनै समस्या नै छैन,’ खनालले संक्षिप्त कुराकानीका क्रममा भने।

साथै, उनले एमालेसँगको सहकार्यका लागि पनि कुनै समस्या नभएको स्पष्ट पारे। ‘सबै राजनीतिक दलबीचको सम्बन्ध बलियो हुनुपर्छ। यसले सबैलाई फाइदा नै गर्छ,’ खनालले भने, ‘एमालेसँगको सम्बन्ध तिक्ततापूर्ण बनाउनुपर्ने कुनै कारण नै छैन।’

एकीकृत समाजवादीललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुवैले सरकारमा आउन आग्रह गरिसकेका छन्। यद्यपि पार्टी अध्यक्ष माधव कुमार नेपालले भने पार्टीमा छलफल गरेर मात्रै आवश्यक निर्णय लिने बताएका छन्। यसबारे छलफलसहित निर्णय लिन बुधबार एकीकृत समाजवादीको बैठक बस्दैछ। नेपालखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार