गठबन्धन फेर्न प्रचण्डले देखाएका कारणमा सत्यता छैन : कांग्रेस

२०८० फाल्गुन २२, मंगलवार

काठमाडौं :  प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कपोल्कल्पित कुराहरु देखाएर गठबन्धन फेरेको नेपाली कांग्रेसले ठहर गरेको छ।

पार्टीको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धन फेर्न प्रचण्डले देखाएका कारणहरुमा सत्यता नरहेको र पार्टीले खारेज गरेको बताएका हुन्। ‘जुनखाले कपोल्कल्पित कुराहरु राखेर गठबन्धन फेरिएको जस्टिफिकेसन दिनुभएको छ, ती सबै कुराहरु हामी खारेज गर्छौँ। त्यसमा कुनै सत्यता छैन। उहाँको यो निर्णयले थप अस्थिरता र अन्योललाई बढावा दिएको छ,’ महतले भने।

आम निर्वाचनमा जनतासँग गरेका साझा प्रतिबद्धताबाट प्रधानमन्त्री दुईपटकसम्म भागेको प्रवक्ता महतको आरोप छ। उनले भने, ‘यसअघिको आम निर्वाचनमा साझा प्रतिबद्धताका साथ जनतामा प्रस्तुत भएका थियौँ। जनताबाट प्राप्त गरेको म्यान्डेट र त्यो प्रतिबद्धताबाट उहाँ (प्रचण्ड) दोस्रोपटक पनि भाग्नुभयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार