बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, ३३ जनाको जिवितै उद्दार

२०८० फाल्गुन २३, बुधबार

काठमाडौँ : कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ। आज बिहान ५ बजेतिर कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस गति अनियन्त्रित भई त्रिशुली नदीमा खसेको हो।

सशस्त्र प्रहरी बल १ नम्बर गणका सशस्त्र पंहरी उपरिक्षक रामजंग पाण्डेका आदमघाटका अनुसार नम्बर नखुलेको बस आज बिहान धादिङको गजुरी गाउँपालिका ५ घाटबेँसीस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको हो। उनले दुर्घटनामा परेका ३३ जनाको जिवितै उद्दार गरिएको र उपचारका लागि गजुरी अस्पताल पठाइएको बताए। दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको पनि उनले बताए।

दुर्घटना भएको स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा १६ जनाको टोली र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २२ जनाको टोली खटिएको पनि उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार