छोराछोरीको पहलमा गोपालचन्द्रको पुनर्विवाह

२०८० फाल्गुन २३, बुधबार

अमेरिका : केही वर्षदेखि अमेरिका बस्दै आएका चलचित्रकर्मी गोपालचन्द्र लामिछाने र उनकी पत्नी गीता गिरी लामिछानेको विवाह भएको २५ वर्ष पुगेको शुभअवसरमा पुनर्विवाह भएको छ।

छोरी मोनिका र छोरा मौलिकले आफ्नै पहलमा हिन्दु संस्कार अनुसार अमेरिकाको बाल्टिमोरमा रहेको हिन्दुबौद्ध मन्दिरमा भब्य रूपमा आफ्ना आमाबुबाको पुनर्विवाह सम्पन्न गरेर प्रेरणादायी काम गरेका छन्।

पारिवारिक विघटन, एकल परिवारप्रतिको मोह र सम्बन्ध विच्छेदजस्ता विषयले प्रसय पाइरहेको अहिलेको सन्दर्भमा त्यसमाथि पनि अमेरिकाजस्तो उत्तर आधुनिक समाजमा बसेर छोराछोरीले बाबुआमा र परिवारप्रति देखाएको यस्तो सत्प्रयासले स्थानीय समाजमा मात्रै नभएर सात समुद्रवारि नेपालमा समेत सकारात्मक छाप छोडेको छ।

 

अहिलेको अवस्थामा २५ वर्षसम्म सौहद्रपूर्ण साथ बिताउनु आफैंमा इतिहास हो भने त्यसमा पनि १८ वर्ष नपुग्दै अभिभावकको साथ छोड्ने अमेरिकी समाजमा बसेर आमाबुबाप्रति यस्तो उत्तरदायित्व बहन गर्नु आफैंमा उदाहरणीय काम हो। यसले परिवारको महत्व मात्रै दर्साउँदैन, छोराछोरीले बाबुआमाप्रति गर्नुपर्ने कर्तब्य के हो र यसले समाजको सकारात्मक रुपान्तरणमा कस्तो भूमिका निर्वाह गर्दछ भन्ने कुरा पनि प्रष्ट पार्छ।

यसका साथै बाबुआमाले छोराछोरीलाई कस्तो संस्कारमा हुर्काएका छन् भन्ने पनि प्रष्ट पार्छ। यो विवाह देखेर अमेरिकामा बस्ने नेपाली समाज मात्रै नभएर त्यहाँको स्थानीय अमेरिकी समाज पनि निकै प्रभावित भएको छ।

किनकि पारिवारिक विघटनको अहिलेको माहौलमा यसले परिवारको महत्व कस्तो हुन्छ, छोराछोरीको कर्तब्य के हो र बाबुआमाले छाराछोरीलाई राम्रो संस्कारमा हुर्काउन सक्यो भने त्यसले कसरी सकारात्मक प्रतिफल दिन्छ भन्ने पनि देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार