
धनगढी : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
राजनीतिक बदलावपछि फेरिएको राजनीतिक समीकरणपछि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन फिर्ता लिने तयारीमा लागेको हो ।फिर्ता लिन आज बिहान १० बजे माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको माओवादी संसदीय दलका उपनेता अक्कल रावलले बताए । उनले आजै सरकारलाई दिएको समर्थन फिर्ता जानकारी दिए ।
नयाँ राजनीतिक समीकरणपछि मंगलबार मात्रै मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरी मन्त्रिमण्डल हेरफेर गरे । उनले माओवादीबाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी र राज्य मन्त्री गीता माललाई बर्खास्त गरेका थिए ।