आज पनि बढ्यो सुनको मूल्य , बनायो नयाँ रेकर्ड

२०८० फाल्गुन २३, बुधबार

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।  लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख २३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १४ सय ४० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार