मिस वर्ल्डको फिनालेमा करण जोहरले होस्ट गर्ने

२०८० फाल्गुन २३, बुधबार

काठमाडौँ : मिस वर्ल्डको ७१औँ संस्करण हाल भारतको राजधानी नयाँ दिल्लीमा चलिरहेको छ। यस प्रतियोगिताको फिनाले ९ मार्चमा मुम्बईमा हुनेछ। जुन फिनालेलाई भारतीय फिल्ममेकर करण जोहरले होस्ट गर्नेछन्। मिस वर्ल्डको अफिसियल इन्स्टाग्राममार्फत करण होस्ट बन्ने जानकारी गराइएको हो।

‘प्रसिद्ध भारतीय फिल्ममेकर करण जोहरले ७१ औं मिस वर्ल्ड फेस्टिभल होस्ट गर्ने घोषणा गर्न पाउँदा हामी सम्मानित छौं। उनले दुईवटा राष्ट्रिय चलचित्र पुरस्कार सहित धेरै चलचित्र पुरस्कारहरू प्राप्त गरेका छन्। उनलाई भारत सरकार द्वारा पद्मश्रीबाट पनि सम्मानित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।

७१औँ मिस वर्ल्ड मार्च ९ मा मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा साँझ ७.३० बजेबाट सुरु हुनेछ। मिस इन्डिया वर्ल्ड २०२२ सिनी शेट्टीले भारतको प्रतिनिधित्व गरिरहेकी छिन्। नेपालबाट भने प्रियंकारानी जोशीले मिस वर्ल्डमा प्रतिस्पर्धा जनाएकी छिन्। २८ वर्षपछि मिस वर्ल्ड भारतमा आयोजना हुन लागेको हो। यसअघि सन् १९९६ मा मिस वर्ल्ड बैंगलोरमा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार