सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

२०८० फाल्गुन २३, बुधबार

धनगढी : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रमा सत्ता समीकरण बदलिएसँग सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्तीमा परेका थिए । मंगलबार मुख्यमन्त्री कमलबहदुर शाहले मन्त्री बर्खास्त गरेपछि माओवादीले आज समर्थन फिर्ता लिएको हो ।

सुदूरपश्चिममा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् । यी दुई दलले समर्थन कायम राखे मुख्यमन्त्रीलाई बहुमुत पुग्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार