
हेटौंडा : बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ ।
सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए ।
१२ सदस्यीय प्रदेश मन्त्रिपरिषदमा कांग्रेसले ६, माओवादीले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्रालय भागबण्डा गरेर सरकार बनाएका थिए । सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टी भने सरकार बाहिरै थियो ।