न्यायाधीश खतिवडा आजदेखि अनिवार्य अवकाशमा

२०८० फाल्गुन २४, बिहीबार

काठमाडौँ : सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिहीबारदेखि अवकाशमा गएका छन् । २०१५ साल फागुन २५ गते जन्मिएका खतिवडा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

२०३९ साल चैत ७ गतेबाट न्याय सेवामा प्रवेश गरेका खतिवडा सरकारी वकिल समूहबाट न्यायाधीश बनेका व्यक्ति हुन् । २०७३ साल साउन १७ गते सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त भएका खतिवडाले साढे ७ वर्ष सर्वोच्च अदालतको न्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका छन् । खतिवडाले २०८० साउन २१ गतेबाट सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका रूपमा उनले न्याय परिषद् सदस्यको जिम्मेवारीसमेत सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार