काठमाडौँ : सुन तस्करीमा संलग्न दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा एक अधिकृत पक्राउ परेका छन्। बागमती प्रदेशसभा सचिवालयमा कार्यरत अधिकृत रामचन्द्र अर्याललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो।
उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले पत्र पठनएको थियो। उनले जिल्ला प्रशासन कार्यालय काभ्रेमा कार्यरत हुँदा चिनियाँलाई नागरिकता दिएको आरोप छ।
उनले चिनियाँ नागरिक दावा छिरिङ र दावाजिन वाङलाई वंशजको नागरिकता दिलाएको आरोप छ। उनीहरु ६१ किलो सुन तस्करीको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।





