प्रशासकीय अधिकृतकाे निवासमा ढुंगामुढा र आगजनी

२०८० फाल्गुन २५, शुक्रबार

कैलाली : मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीकाे निवासमा ढुंगामुढा र आगजनी भएको छ। शुक्रबार बिहान २ बजे सुतेकै अवस्थामा ढुंगामुढा र आगजनी गरिएको हो।

अज्ञात व्यक्तिले राति आक्रमण गरेर हत्या प्रयास भएकाे र घटना कसले गर्‍यो भन्ने यकिन नखुलेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए। ‘यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘मैले प्रहरीलाई जानकारी गराएको छु। प्रहरीले अनुसन्धान गरेर घटनाबारे पत्ता लगाउला।’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले घटनाबारे पूरा विवरण नआएको बताए।  ‘हामीले अनुसन्धान टोली जिल्लाबाट पनि खटाएका छौँ,’ इन्स्पेक्टर भण्डारीले भने, ‘इलाका प्रहरी कार्यालयले पनि घटनाबारे अनुसन्धान गरिरहेको छ।’

इलाका प्रहरी कार्यालयनजिकै रहेको प्रमुख प्रशासकीय अधिकृत निवासमा आगजनी गरिएको हो। प्रहरीले आगो नियन्त्रणमा लिएको भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार