काठमाडौँ : महाशिवरात्रिका अवसरमा सन्ध्याकालीन आरती हेर्नेको पशुपतिनाथ मन्दिरमा भिड लागेको छ । शुक्रबार सन्ध्याकालीन आरती हेर्नेको लागि पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको हो ।
जय शिव शंकर शम्भो जय गिरिजाधीश ।
शिव जय गिरिजाधीश ।।
जय जय करुणासागर २ पशुपति जगदीश ।
ओम् हर हर हर महादेव ।।
हरेक साँझ सात बजे पशुपतिनाथस्थित बागमती नदीको किनारमा बज्ने आरती गीत हो यो । आरती हेर्न हरेक साँझ यहाँ हजारौँजना भेला हुन्छन् । कहाँबाट आउँछ यत्रो भिड ? किन आरती हेर्नकै लागि घाट धाउँछन् ? आक्कल–झुक्कल त्यहाँ पुग्ने मान्छेको मनमा यस्ता प्रश्न आउन सक्छन् । तर, निरन्तर धाउनेहरूलाई भने आरतीको लत नै लागेको छ ।





