बिहेबाट घर फर्कदै गरेका मोक्तानको भिरबाट लडेर मृत्यु

२०८० फाल्गुन २६, शनिबार

काभ्रे : काभ्रेको महाभारतमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। महाभारत गाउँपालिका ३ अग्रेटा बस्ने २८ वर्षीय क्षितिज मोक्तानको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

मोक्तानको यही फागुन २४ गते आफन्तको विवाहमा सहभागी भएर २५ गते घर फर्किदै गर्दा महाभारत ४ ठाडेस्थित गोरेटो बाटोको भिरबाट लडेर मृत्यु भएको हो। गोरेटो बाटोबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको अवस्थामा शुक्रबार उनको शव फेला परेको प्रहरीले जनाएको छ। घाँस काट्न गएका स्थानीयले मोक्तानको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
उनको शव पोष्ट मार्टमको लागि अस्पताल लगिएको र घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार