गठबन्धन सरकारबाट जनतालाई केही प्राप्त हुनेवाला छैन : नेता महतो

२०८० फाल्गुन २६, शनिबार

काठमाडौँ : राष्ट्रिय मुक्ति क्रान्ति अभियानको सुरुवात गरेका नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताएका छन्। जनकपुरधाम विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता महतो अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनका लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न नसक्ने दाबी गरे।

‘गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हो। यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको हो। बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न सक्दैन।’ उनले भने।

फरक प्रसंगमा नेता महतोले मधेस केन्द्रित दलहरुबीच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादीहरु एकत्रित हुनु आवश्यक रहेको जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार