महाशिवरात्रीमा छाँयाक्षेत्रको आम्दानी साढे ६ लाख

२०८० फाल्गुन २६, शनिबार

स्याङ्जा : महाशिवरात्रीको अवसरमा स्याङ्जाको प्रसिद्ध छाँयाक्षेत्र मन्दिरको आम्दानी छ लाख ४६ हजार ३३४ रुपियाँ भएको छ ।

यहाँ ७३ हजार ५८४ सहयोग रसिदबाट, शिवलिङ्गबाट ३० हजार १५०, दुई लाख ४७ हजार ६ सय द्रुतसेवा, स्टलबाट ७५ हजार १५० रुपियाँ आम्दानी भएको बताइएको छ । यस्तै भजन मण्डलीबाट ९२ हजार ६५०, धान बिक्रीबाट ५० हजार, दानपेटीकाबाट ८१ हजार सातसय र पार्किङबाट सात हजार पाँचसय आम्दानी भएको आर्थिक सहयोग संकलन संयोजक शोभाकान्त पौडेलले जानाकारी दिए ।

महाशिबरात्री मेलामा हरेक हतारमा आउने भक्तजनबाट दुईसयका दरले सिधै दु्रतसेवामा जानेगरी रकम संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार