काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईँले प्रधानमन्त्री प्रचण्डको अकल्पनीय ढंगले एकै रातमा सरकार परिवर्तन गर्ने खेललाई हताश मनस्थितिको उपज भएको संज्ञा दिएको छ।
शनिवार एक विज्ञप्ति जारी गर्दै नयाँ सरकार आफ्नो अभियानबाट त्रसित भएको बताएका छन्। उनले रवि लामिछाने नेतृत्वको पार्टी रास्वपा नालायक सरकारको कवच बनेको आरोप लगाएका छन्। नैतिक धरातलको ख्याल नगरी नांगो रूपमा राज्य दोहनमा उत्रिएको सरकारको आफ्नो अभियानले जरो नै हल्याएको दाबी गरेका छन्।
विज्ञप्तिमा भनिएको छ- केही मिसन ०८४ को नारा मिडियामा घाँटी सुक्ने गरी कुर्लने नयाँ भनिएका दलका नेतृत्वहरू समेत जनतासँग सडकमा गरिएका आफ्ना वाचाहरू लत्त्याउँदै हतार हतार नयाँ गठबन्धनमा सामेल हुँदै नालायक सरकारको कवच बन्न पुग्नु दुखद हो। धोक्रो सुक्ने गरी सडकमा उठाएका मुद्दाहरू पुरा गर्न कति प्रतिबद्ध हुन्छन् नागरिकहरूले हेर्न बाँकी छ।





