भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० फाल्गुन २७, आईतवार

काठमाडौं : भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका-७ का मणिराज घिमिरे रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३२प ३३१३ नम्बरको मोटरसाइकल शनिबार राति १२:४३ बजे सूर्यविनायक नगरपालिका-५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको थियो ।

मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-४ घर भई काभ्रेपलान्चोक जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार