काठमाडौँ : नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने भएको छ।
आज बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको हो। यसअघि कांग्रेसबाट राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बन्ने चर्चा थियो। तर कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाएको छ।





