चितवन : चितवनको एकता शिशु निकेतनमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा पक्राउ परेका विद्यालयका प्रधानाध्यापकसहित ३ शिक्षकलाई अनुसन्धानको लागि थप ४ दिन म्याद थप गरिएको छ ।
उनीहरु तीनै जना प्रहरी हिरासतमा छन् । चितवनका प्रहरी उपरीक्षक एसपी भावेश रिमालका अनुसार जिल्ला अदालत चितवनबाट थप अनुसन्धानको लागि आज तेस्रो पटक ४ दिन म्याद थप गरिएको हो ।
यसअघि पनि ४ दिन म्याद थपिएको थियो भने पहलिो पटक जिल्ला अदालत चितवनले अनुसन्धानको लागि ७ दिन म्याद थप गरेको थियो । प्रहरी अनुसन्धानका क्रममा २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । फागुन १२ गते रत्ननगरको एकता शिशु निकेतनको छात्राबासमा १४ वर्षकी पोखरेल सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।





