जनकपुरधाम : सिरहाको सिरहा नगरपालिका–६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको हत्या भएको छ ।
आइतबार दिउँसो घाँस लिन कमला नदीको बगरतिर गएको बेला उनको हत्या भएको हो । उनको हत्या आरोपमा श्रीमान रामउदगार साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए ।
श्रीमानले हँसियाले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।





