प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने पक्षमा गृहमन्त्री लामिछाने

२०८० फाल्गुन २८, सोमबार

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाउनुपर्ने बताएका छन् ।

आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणपछि निर्देशनका क्रममा उनले अधिकांशलाई हित हुने गरी सेवा अवधि हटाउनुपर्ने बताएका हुन् । ‘३० वर्षे सेवा अवधिको विषयमा म क्लियर छु, यो हटाउनुपर्छ । तर, के, कसरी र कुन वेला भन्ने कुरा छलफलबाट टुंग्याउनुपर्छ,’ उपप्रधानमन्त्री लामिछानेले भने, ‘यसमा पनि कोही न कोहीले त्याग गर्नुपर्छ । कसैलाई तत्काल लाभ वा हानि पनि पर्न सक्छ ।

व्यक्तिलाई होइन, अधिकांशको हित हुने गरी दीर्घकालसम्मका लागि नीति बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार