पार्टी कार्यालयभित्रै कुटिएको घटना : राप्रपाका नेता ठाकुर उजुरी दिन पुगे प्रहरीमा…

२०८० फाल्गुन २८, सोमबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयभित्रै कुटिएका नेता ठाकुरमोहन श्रेष्ठले प्रहरीमा उजुरी दिएका छन् । श्रेष्ठले प्रहरी वृत्त महाराजगञ्जमा ठाडो उजुरी दिँदै आफूमाथि कुटपिट भएको घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।

श्रेष्ठले नामै किटेर आफूमाथि पार्टी उपाध्यक्ष विक्रम पाण्डेले योजनाबद्ध आक्रमण गरेको कुरा उजुरीमा दिएका छन् । आइतबार धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा श्रेष्ठमाथि आक्रमण भएको थियो । केही युवाहरुले उनलाई कुटपिट गरेका थिए ।

जुन आक्रमणको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ । यद्यपि, प्रहरीले घटनामा देखिएका व्यक्तिहरु फरार रहेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंंका एसएसपी भूपेन्द्र खत्रीले सिसिटिभी फुटेजमाथि अनुसन्धान सुरु गरेको जनाएका छन् । उनले आक्रमणकारीको खोजी थालिएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार