गण्डकी, मधेस र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय

२०८० फाल्गुन २८, सोमबार

काठमाडौँ : सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बैठकले मधेस प्रदेशका हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशीलाई हटाएर क्रमश सुमित्रा भण्डारी, डिल्लीराज भट्ट र नजिर मियालाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरिएको उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार