सुदूरपश्चिममा मन्त्रीलाई शपथ गराउँदै गर्दा प्रदेश प्रमुख बर्खास्त

२०८० फाल्गुन २८, सोमबार

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट थप एक मन्त्री नियुक्त गरेका छन्।

नागरिक उन्मुक्तिको संसदीय दलका पूर्वनेता लक्ष्मणकिशोर चौधरीलाई विनाविभागीयमन्त्री नियुक्त गरिएको हो। उनलाई प्रदेश प्रमुख देवराज जोशीले केहीबेरअघि पद तथा गोपनीयताको शपथ गराएका छन्।

अल्पमतमा परेका मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिबाट गत शुक्रबार थप दुई मन्त्री तथा एक राज्यमन्त्री नियुक्त गरेका थिए। एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी रहेको नागरिक उन्मुक्तिले राज्यमन्त्री फिर्ता बोलाएर नयाँलाई पठाएको थियो। योसँगै आठ सदस्यीय प्रदेश सरकारमा नागरिक उन्मुक्तिका मात्रै पाँच मन्त्री छन्।

मन्त्रीलाई शपथ गराएर प्रदेश प्रमुख आफ्नो कार्यकक्षमा मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूसहित बसिरहेका वेला सरकारले तीन प्रदेशमा प्रदेश प्रमुख पदमुक्त गरेको निर्णय सार्वजनिक भएको हो। सरकारले सुदूरपश्चिमको प्रदेश प्रमुखमा नजिर मियाँको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार