नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडकका लागि बजेट विनियोजन गर्छौंः विष्णु पौडेल

२०८० फाल्गुन २९, मंगलवार

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडक निर्माणका लागि सरकारबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटनका अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। उनले मैदानबाट हाइवेसम्म कालोपत्रे सडक निर्माण गर्न तिलोत्तमा नगरपालिकासँग सहकार्य गरेर आफूले काम गर्ने बताए।

उनले मैदानका लागि गुणस्तरीय ट्रान्सफर्मर बनाइदिने कुरामा पनि जनप्रतिनिधिहरु मिलेर सहयोग गर्ने प्रतिबद्धता जनाए। जनप्रतिनिधिको काम धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने रहेको उनको भनाइ थियो।

गत ३० जेठमा निर्माणको शिलान्यास भएको रंगशाला आठ महिनापछि मैदानको निर्माण कार्य सम्पन्न भएको हो। ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो। गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालको उद्घाटन आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार