गैरकानुनी काम गर्नेहरूलाई मेरो आदेश कुर्नु पर्दैन ठाउँको ठाउँ कारबाही गर्नुहोस् : गृहमन्त्री लामिछाने

२०८० फाल्गुन २९, मंगलवार

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्नेहरूलाई ठाउँको ठाउँ कारबाही गर्न प्रहरीलाई आग्रह गरेका छन् । देश भरका राष्ट्रसेवक प्रहरीहरूलाई अपिल गर्दै उनले भनेका छन्– देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो।

लामिछानेले थप भनेका छन्–’तपाईँले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ। ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार