१५३ यात्रुसहित उडिरहेको विमानमा दुवै पाइलट निदाए, तर विमान सकुशल अवतरण

२०८० फाल्गुन २९, मंगलवार

काठमाडौं : इन्डोनेसियाको बाटिक एयरको एउटा विमानका दुवै पाइलट उडानकै बीचमा निदाएका थिए । इन्डोनेसिया सरकारले अहिले यो स्तब्ध पार्ने घटनाको अनुसन्धान गरिरहेको छ ।

बाटिक एयरको यो विमान गत जनवरी २५ मा राजधानी जकार्ताबाट सुलावेसीका लागि उडेको थियो । उडानका बीचमा दुवै पाइलट निदाए । यो विमान २८ मिनेटसम्म यसरी नै उडिरह्यो । दुई पाइलटमध्ये एक जना आफ्ना नवजात जुम्ल्याहा बच्चाको हेरचाह गर्दा थाकेको बताइएको छ ।

जसका कारण उनी ड्युटीमा बस्दा सुते । दुवै पाइलट निद्रामा परेका कारण विमान केही समय बाटो हरायो तर अन्ततः सकुशल अवतरण गर्न सफल भयो । जहाजमा सवार सबै १५३ यात्रु सकुशल छन् । दुवै पाइलटलाई लापरवाही गरेको आरोपमा अस्थायी रूपमा निलम्बन गरिएको छ ।

यातायात मन्त्रालयको रिपोर्टमा ३२ वर्षीय पाइलटले विमान उडेपछि आफ्ना सहचालकलाई आधा घण्टासम्म विमानलाई नियन्त्रणमा राख्न भनेका थिए । मुख्य पाइलटले आफूलाई आराम चाहिएको बताएका थिए । तर केही समयपछि को-पाइलट पनि निदाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार