वीरगन्जमा दाइजोमा सिक्री नपाएपछि मण्डपबाट उठेका बेहुला पक्राउ

२०८० फाल्गुन २९, मंगलवार

वीरगन्ज : वीरगन्जमा दाइजोमा सुनको सिक्री नपाउँदा बेहुलाले विवाह अस्वीकार गरेका छन् । मण्डपबाटै बेहुला उठेपछि विवाद भएको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि सोमबार राति करिब साढे १ बजेको समयमा वीरगन्ज महानगरपालिका–२४ रामगढवास्थित बेहुलीको घरमा पुगेर प्रहरीले बेहुला, उनका दाइ र भिनाजुलाई नियन्त्रणमा लिएको थियो । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् ।

बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता सिनेमा चोक निवासी उमेश साह गोढको छोरा बच्चालाल साह गोढले सोमबार करिब १० बजेतिर समयमा जन्ती लिएर वीरगन्जको रामगढवा पुगेका थिए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार