काठमाडौँ : रिलिजको दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’ लाई दर्शकले उच्च साथ दिएका छन्। प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भएपनि दर्शकको चाप भने घटेको देखिदैन। फिल्मले पाएको शोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ।
फागुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्युको उच्च’ वर्ड अफ माउथुले व्यापार पनि उत्साहजनक निरन्तरता पाइरहेको देख्न सकिन्छ। विशेषगरी फिल्मको दिवा र रात्रि शोजमा दर्शकको चाप उच्च रहेको छ भने कति शोज हाउसफुल भइरहेका छन्। फिल्मको यही हिसाबको अकुपेन्सी अनुपात हेर्दा ‘अगस्त्य’ ले भोलीका दिनबाट बक्स अफिसमा अझै राम्रो व्यपार गर्ने देखिएको छ। तर, फिल्मले दोस्रो सातामा जति शोज पाएको छ, सबै शोजमा दर्शकको अकुपेन्सी राम्रो छ।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘अगस्त्य’ हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफ्नो टिम सहित शनिबार बेलुकी दरबारमार्गमा रहेको क्यूएफएक्स हलमा पुगेका थिए। फिल्म हेरेर मेयर बालेनले निर्देशको चोधरीको सोच, कलाकारहरुले गरेको मेहेनत र छायांकन पक्षको प्रशंसा गर्दै राम्रो लागेको प्रतिक्रिया दिएका थिए।





