भारतीय नम्बर प्लेटको कारमा ८४ किलो गाँजा, चालक पक्राउ

२०८० फाल्गुन २९, मंगलवार

काठमाडौं : मकवानपुरमा ८४ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

मंगलबार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीको टोलीले एक जनालाई ८४ किलो गाँजासहित पक्राउ गरेको हो। बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय साबिर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले चलाएको भारतीय नम्बर प्लेट बिआर०१ बिएफ ५५८१ नम्बरको कारबाट ८४ किलो १२० ग्राम गाँजा बरामद गरेको हो। उनीमाथि अनुसन्‍धान गर्न मकवानपुर जिल्ला अदालतबाट १० दिन म्याद थप भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार