बैंकर मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८० फाल्गुन २९, मंगलवार

काठमाडौँ : कमसल धितो राखी बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

अदालतका प्रवक्ता तीर्थराज भट्टराईले उनीहरुलाई हिरासतमै राखेर अनुसन्धान गर्न थप ५ दिन प्रहरीलाई दिइएको जानकारी दिए ।उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । १५ माघमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, र सुनिल बस्नेतलाई पक्राउ गरिएको थियो ।

सेन्चुरी बैंकमा रहँदा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रपैयाँ बराबरको कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोप उनीहरुलाई लागेको छ ।  प्रहरीले धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको बताउँदै आएको छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार